
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्व एवं पारस्परिक सहयोगलाई प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छन् ।
दशैँतिहार तथा छठ पर्वका शुभअवसरमा आज दिएको शुभकामना सन्देशमा पन्तले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै कोरोना सङ्क्रमणबाट सजग रही सुरक्षित तवरले पर्व मनाउन आग्रह गरेकी छन् ।






