November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

जनप्रतिनिधिले दसैं भत्ता लिनु हुँदैन, मेरो खातामा आएको रकम कट्टी गरियोस्- भीम रावल

  • 31
    Shares

काठमाडौं, नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद भीम बहादुर रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार ट्वीट गर्दै रावलले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने पनि बताएका छन्। संघीय संसदले बनाएको कानुनमा दसैं भत्ता दिने व्यवस्था छैन ।

उनले आफ्नो खातामा पनि भत्ताको रकम राखेको थाहा पाएको उल्लेख गर्दै लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो, हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।’ कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक हुन थालेपछि रावलले साे कुरा बताएका हुन्।

सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ । उनले ट्विटरमा लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

शीर्ष समाचार

धेरै पढिएको