April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोना सङ्क्रमणबाट छायााँँकार मास्केको निधन

काठमाडौं, कोरोना संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । ८३ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। मास्के विगत सात वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार निदान अस्पतालमा भर्ना गरिएको थियो । विसं २०२१ मा भारतको पुणेस्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ छायांकन गरेका थिए । उनी फिचर फिल्म खिच्ने पहिलो नेपाली छायाँकार थिए ।

शीर्ष समाचार

धेरै पढिएको