December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा ततोपानी नाका निरीक्षण, चार दिनभित्र नाका खुल्ने आश्वासन

  • 6
    Shares

सिन्धुपाल्चोक, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आज तातोपानी नाका निरीक्षण गरेका छन् । उनले अबको चार दिनभित्र तातोपानी नाका खुल्ने आश्वासन दिएका छन् । भोटेकोशी गाउँपालिका २ लार्चास्थित तातोपानी सुख्खा बन्दरगाहा तथा भन्सार, बीओपी र सिमावर्ती क्षेत्रको भौतिक अवस्था अवलोकन गर्दै ज्ञवालीले नाका खुल्ने सुचना सरकारबाट पाएको बताएका हुन् ।

निरीक्षणका क्रममा उनले भने,”यहाँको अवस्थाबारे बुझिसकेका छौ, अबको चार दिनभित्र तातोपानी नाका सञ्चालनमा आउनेछ, आवश्यक भौतिक मर्मतसम्भारमा जुट्नुपर्ने छ ।”ज्ञवालीले भने “नाका खुलाउन कुनै कसर छोड्ने छैनौ, सम्पुर्ण आवश्यक व्यापारीक वस्तु मङ्सिरअघि ल्याउन कसरत गर्दैछौ ।”

कोरोना महामारीको कारण करिब तीन महिनापछी सञ्चालनमा आएको तातोपानी नाका भन्सारमा काम गर्ने तीन मजदुरमा कोरोना सङ्क्रमण देखिएपछि सो नाका गत मंगलवारबाट पुनः बन्द रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको