December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका पदाधिकारीबिच सकारात्मक छलफल

  • 5
    Shares

काठमाडौं, कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग आज  प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।

तीन दिन अघि काठमाडौं आएका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेदेखि प्रम ओलीसँग पदाधिकारीहरुको छलफल भएको हो ।

नेकपाका अर्का अध्यक्ष “प्रचण्ड” को भने बालुवाटारमा उपस्थिति थिएन । यसअघि नै प्रचण्डले कर्णाली प्रदेशका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

कर्णाली प्रदेशमा नेकपा सांसदहरू दुई खेममा विभाजित छन् । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टिकै सांसदहरूले अविश्वासको प्रस्ताव गरेपछि दुई पक्षबिच विवाद चर्केको थियो । सोही विवाद समाधानका लागि अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए ।

आज प्रम ओलीसँगको छलफल सकारात्मक भएको कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले बताएका छन् । ओलीसहित महासचिव विष्णुप्रसाद पौडेलसँग छलफल उनले जानकारी दिएका छन् । पार्टिले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफुहरुले धारणा राख्ने काम भइरहेको उनले बताएका छन् भने धारणा राख्ने काम अझै सकिएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको