
चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् । ‘बुधबार विज्ञहरुसंग लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गरेको प्रघानमन्त्रीले आज निर्णय गर्ने गरि बैठक बोलाइएको छ । सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’
स्रोतको भनाई छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ । पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ । सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन घोषणा गरेको आज ७३ दिन पुगिसकेको छ ।





