April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

फरक फरक विधामा अध्ययन अनुसन्धान गर्न १० जनालाई “मेयर्स रिसर्च फलोसिप”

काठमाडौं, फरक फरक विधामा अध्ययन अनुसन्धान गर्न काठमाडौं महानगरपालिकाले १० जनालाई “मेयर्स रिसर्च फलोसिप” प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिएका छन् । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ ।

वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ ।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ ।

शीर्ष समाचार

धेरै पढिएको