December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आज काठमाडौं र भक्तपुरका यी स्थानमा बिजुली काटिँदै

  • 13
    Shares

काठमाडौं, आज काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा बढिमा तीन घण्टा बिजुली जाने भएको छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिँदै छ ।

शीर्ष समाचार

धेरै पढिएको