December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

आजको मौसम पुर्वानुमान

  • 8
    Shares

काठमाडौं, आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहेको जनाइएको छ ।

शनिबार दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भू(भागहरुमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

साथै, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

आज रातीसम्म प्रदेश न‌म्बर १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

शीर्ष समाचार

धेरै पढिएको