December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

आजबाट पुरानै भाडादर कायम गर्न यातायात विभागको निर्देशन

  • 31
    Shares

काठमाडौं, आजदेखि पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई यातायात व्यवस्था विभागले निर्देशन दिएको छ ।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो ।

विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको