November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

बाँकेमा कोरोना सङ्क्रमणबाट एकैदिन तीनको मृत्यु

  • 4
    Shares

नेपालगन्ज, बाँकेमा हिजो शुक्रबार एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताएका छन् ।

दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान पाँच बजेतिर मृत्यु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा र नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९स्३० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको