December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

सुरक्षित भएर मात्र किनमेलमा निस्कन सरकारको आग्रह

  • 18
    Shares

काठमाडौं, दशैँँमा हुने बिशेष छुटको नाममा भिडभाड बढ्दा कोरोना सङ्क्रमण फैलन सक्ने जोखिम उच्च रहने भन्दै सरकारले त्यस्ता भिडभाड रोक्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दशैँँ नजिकिदै गर्दा बजारमा भिड बढ्को र व्यापारीले बिशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भिड बढेसँँगै जोखिम ओअनि बढेकोले भिडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले हुल बाधेर हिड्ने र बजारमा भिड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तितसमेत बनेको भन्दै भिडभाडमा नजान आग्रह गरेका छन् ।मास्क लगाएर भौतिक दुरि कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफू सुरक्षित रहेर मात्रै किनमेलमा निस्कन अनुरोध गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको