March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

समाजमा अपराधिक गतिविधि रोक्न प्रहरीले पुरानो कार्यशैली परिवर्तन गर्नुपर्छ – मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले समाजमा अपराध बढ्दै गएको देखिएकोले प्रहरीले सक्रियता अझै बढाउन जरुरी रहेको पनि बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी गठनमा ढिलाइ भइरहेकोले प्रहरी ऐन बनाएर छिटो प्रदेश प्रहरी गठनको प्रक्रिया थालिने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको