April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । कुल सङ्क्रमितमध्ये काठमाडौंमा मात्र २ हजार ४०२ थपिएका छन । आजको पीसीआर टेस्ट १६ हजार ५३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३ हजार ५२२ जना डिस्चार्ज भएका छन् । योसँँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन् ।

देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ८ पुगेको छ । काठमाडौंमा थपिएका सङ्क्रमुतमध्ये काठमाडौं जिल्लाका १हजार ७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको