November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तर समान बनाए चर्को शुल्क तिर्नुपर्ने बाध्यता हट्छ

  • 18
    Shares

काठमाडौँ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

आज शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताए ।

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरेका हुन् । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको