December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सङ्क्रमित विद्यार्थीलाई पनि लोकसेवाको परिक्षामा सामेल गराउन सर्वोच्चको निर्देशन

  • 2
    Shares

काठमाडौं, सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम निर्देशन दिएको छ ।

न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि सामेल गराउन अन्तरिम आदेश दिएको हो ।

सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१)को कार्यान्वयन नगर्न नगराउनसमेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धी मापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो ।

संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिएका थिए ।

“सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू”, आदेशमा भनिएको छ, “स्वघोषित सङ्क्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू । ”

शीर्ष समाचार

धेरै पढिएको