December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

६५औं प्रहरी दिवसमा प्रम ओलीले प्रहरीलाई कुनैपनि प्रभाव र दवाबमा नपर्न निर्देशन दिए

  • 7
    Shares

काठमाडौं, नेपाल प्रहरीको ६५ औ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति-सुरक्षा र अमनचैनका लागि अहोरात्र खटिरहने प्रहरी संगठनको उच्च प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाजमा हुने आपराधिक कृयाकलाप रोक्न प्रहरीले कुनैपनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने स्पष्ट पारे ।

समाजमा अराजकता तथा वितण्डा मच्चाउन खोज्ने तत्वप्रति सधैं चनाखो भई कडा कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरीको सकृयता आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन् ।

बलात्कार र हिंसा जस्ता जघन्य अपराध समाजका लागि क्षम्य नहुने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले कानून ल्याएको जानकारी पनि दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको