December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बिरगंजमा ६५ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न

  • 35
    Shares

बिरगंज, आज बिरगंजमा ६५ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायराभित्र रहेर मनाएका हुन् ।

सो कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक गंगा पन्त, सस्त्र प्रहरी बल पर्साका नायब उपरिक्क्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघका पर्सा जिल्लाको अद्यक्ष श्याम बन्जारालगायत पर्सा प्रहरी बल र सञ्चारकर्मीको उपस्थिति थियो ।

६५औं प्रहरी दिवसको अवसरमा अमर तथा बिरशहिद प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नुको साथै शहिद परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

सोहि कार्यक्रममा विभिन्न सरकारी पदमा जागिर लगाईदिने नक्कली प्रहरी सहायक निरीक्षकको पक्राउ गरेको थियो । लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोलको अजय कुमार रायलाई स.ई. बैद्यनाथ दासले पक्राउ गारेकोमा निमित पर्सा जिल्ला प्रमुख आसमान तामांग द्वारा स.ई. बैद्यनाथ दासलाई सम्मान गरि पुरुस्क्रित गरिएको छ ।

कार्यक्रमको सहजीकरण बिर्ता वडा प्रहरीका इन्स्पेक्टर राजेशराज पुरीले गर्नू भए को थियो ।

शीर्ष समाचार

धेरै पढिएको