December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

प्रयोग भएको मास्क जथाभावी फाल्नाले सङ्क्रमणको जोखिम उच्च

  • 24
    Shares

लमजुङ, नेपालमा कोरोना सङ्क्रमणको दर तिव्र रुपमा बढिरहेको छ भने सरकारले मास्क र सामाजिक दुरि अनिवार्य रुपमा कायम गर्न आग्रह गरेको छ । उच्च जोखिमको त्रास जनमासमा रहे पनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङ्ख्या वृद्धि हुनाले थप जोखिम बढेको छ ।

शहरदेखि गाउँघरसम्मै मास्क नलागाउने र लगाएकाहरुले पनि जथाभावी मास्क फाल्ने गर्दा लमजुङ जिल्लामा सङ्क्रमणको उच्च जोखिम बढ्न छ । मुख्य चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले बिना मास्क हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताएका छन् ।

प्रयोग गरी फालिएको मास्कमा थुक, र्‍याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”
जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको