December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

सिन्धुपाल्चोकमा भुकम्पले ध्वस्त बनाएको गुम्बा पुनःनिर्माण हुने

  • 21
    Shares
File photo

सिन्धुपाल्चोक, विसं २०७२ को विनाशकारी महाभूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोक जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ ।

भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।

सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा।ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताएका छन् ।

पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको