November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

नेशनल केयर फाउन्डेसनद्वारा बाढी-पहिरोपिडित तथा विपन्न परिवारलाई राहत वितरण

  • 283
    Shares

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका २ का बाढीपहिरो पिडित तथा विपन्न परिवारलाई बिहिवार राहत हस्तान्तरण गरेको छ । नेशनल केयर फाउन्डेसनका अध्यक्ष जितबहादुर तामाङ र बाह्रबिसे नगरपालिकाका वडा अध्यक्ष बम बहादुर तामाङको समन्वयमा राहत वितरण गरिएको हो । नगरका विभिन्न स्थान फतेङ, दुरुमथली, लेखर्क, डाडाटोल र कर्थलीमा राहत वितरण गरिएको सो कार्यक्रममा सहभागी जितबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार राहत सामाग्रीमा खाद्यान्न बस्तु ६३० बोरा चामल, नुन, तेल, चिनी रहेको थियो । बाढिपहिरो पिडित तथा विपन्न परिवारलाई चामल वितरण गरिएको छ भने गर्भवती महिलाहरुलाई चामलसहित नुन, तेल, चिनी वितरण गरिएको फाउन्डेसनका अध्यक्ष तामाङले बताएका छन् ।

उनले भने,”यसअघि पनि हामीले बाह्रबिसे नगरपालिकाका अपाङ्गता भएका व्यक्ती र आर्थिक अवस्था कमजोर भएकालाई १ लाख २० हजारको राहत वितरण गरेका छौ र यस्ता योजना आउँदा दिनहरुमा पनि गर्नेछौ ।”

कोरोना महामारीको समयमा यसरी राहत पाउँदा स्थानीय खुसी भएका छन् भने चुलो बाल्न मद्दत पुगेको उनिहरु बताउँछन् ।

शीर्ष समाचार

धेरै पढिएको