March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख २१ हजार नाघ्याे

काठमाडौं , नेपालमा काेराेना संक्रमितको संख्या १ लाख २१ हजार नाघेको छ । काेराेना भाइरस संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेका छन् । देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमितको संख्या रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे छ ।

त्यसैगरी हाेम आइसाेलेसनमा रहनेकाे संख्या २४ हजार १९४ जना रहेका छ । आज काठमाडौंमा १६९२, भक्तपुरमा १३४, ललितपुरमा १०८ थपिएको छ ।

आज देशभर ३ हजार ७४९ जना थपिएको छ । त्यसैगरी २४ घणटामा डिस्चार्ज हुनेकाे संख्या ३५६४ पुगेका छन् भने , हालसम्म काेराेना संक्रमण भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या ८४ हजार ५१८ रहेका छन् । बिहिबार काेराेनाबाट मृत्यु हुनेकाे संख्या १९ जना रहेका छन् भने कुल मृत्यु संख्या ६९४ पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको