September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

काठमाडौंको सोह्रखुट्टेमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ घाइते

काठमाडौं, काठमाडौँको सोह्रखुट्टेस्थित एक घर ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । बिहीबार बिहान स्थानीय मिनकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र विस्फोटमा घाइते भएकाहरुको उद्धार भइसकेको बताएका छन् । अहिले घटनास्थलमा दमकल र प्रहरीको टोलीले आगो निभाइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।