December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिए

  • 28
    Shares

काठमाडौं, राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा आज नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भण्डारीले अर्थमन्त्री- विष्णु पौडेल , शहरी बिकास मन्त्री- कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री- लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली , स‌‌वैधानिक अंगका प्रमुख र अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा हिजो नियुक्ति, हेरफेर र कार्य विभाजन गरिन ।

शीर्ष समाचार

धेरै पढिएको