December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

बहराइनका राजकुमार सहितको टोलिले गरे मनास्लु हिमालको सफल आरोहण

  • 18
    Shares

गोरखा, बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

कोरोना माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको