September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

आज कर्णाली प्रदेशका सांसदले नेकपाका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताले आज मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदसँग छलफल भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

अविश्वासको प्रस्ताव यथावत राखेर नेताहरुले सांसदहरुलाई छलफलका लागि काठमाडौं बोलाएका हुन । बैठकमा प्रदेश सांसदहरुमा देखिएको विवादमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । अविश्वास प्रस्ताव दर्ता गराउने अधिकांश नेता छलफलका लागि राजधानी आइसकेका छन् ।