December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

तातोपानीमा सशस्त्र प्रहरी बल ‘बिओपी’ को स्थापना

  • 28
    Shares

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको तातोपानी नाकामा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर ९राजश्व–भन्सार गस्ती सुरक्षा० को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको