March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अस्पतालहरुमा भेन्टिलेटर र आईसीयु बेड अभाव हुँदा विरामी समस्यामा

काठमाडौं, मुलुकभर कोरोना संक्रमित विरामीको संख्या बढ्दै गइरहेको बेला अस्पतालहरुमा भेन्टिलेटर र र आईसीयु बेडको अभाव भइरहेको छ । धादिङ जिल्लामा पनि कोरोना संक्रमितहरुको संख्या दैनिक जसो थपिदै गइरहेको छ ।

विरामी उपचारका लागि लगिने मुख्य स्थान राजधानी काठमाडौंका अस्पतालहरुमा पनि कोरोना उपचारका लागि गएका बिरामीहरुलाई अस्पतालमा शैया पाउनै मुस्किल भइरहेको छ ।

यस्तो अवस्थामा जिल्ला अस्पताल धादिङमा भने भएका उपकरण पनि सहि समयमा सदुपयोग गर्न सकेको छैन । भएका उपकरणहरु जडान गरी सञ्चालनमा ल्याउन नसक्दा अस्पतालमा आएका विरामीहरुलाई निकै समस्या उत्पन्न भएको छ ।

जिल्ला अस्पताल धादिङमा कोरोनाका विरामीहरुलाई आवश्यक पर्न सक्ने भन्दै प्रदेश सरकाले पठाएको भेन्टिलेटर र आईसीयुका उपकरणहरु त्यतिकै स्टोरमा नै थन्किएर बसेको महिनौं वितिसकेको छ ।

कोरोना लगाएत अन्य जटिल किसिमका विरामी उपचारका क्रममा आईसीयु र भेन्टिलेटरमा राखी उपचार गर्नु परेको खण्डमा विरामीहरुलाई अन्यत्र रिफर गर्नु पर्दा अहिलेको अवस्थामा निकै समस्या आउने गरेको छ । उपकरण राख्ने आवाश्यक पूर्वाधारको अभावले गर्दा उपकरण जडान गर्न नसकिएको अस्पतालले जनाइएको छ ।

यसो त दक्षजनशक्तिको समेत अभाव भएको र अक्सिजन प्लान्ट पनि नभएका कारण भेन्टिलेटर जडानमा समस्या आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रिम विकले जनकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको