November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको सुनुवाइ दशैँपछि मात्र हुने

  • 1
    Share

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्ध परेको रिटको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा बढिरहेको छ । यसै क्रममा सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा पनि कोरोना देखिएपछि हाल कोहि आइसोलेशनमा त कोहि क्वारेन्टाइनमा बसेको हुँदा मुद्दाको सुनुवाइ प्रभावित भएको हो ।

अदालतको न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको छैन । संवैधानिक इजलास गठन हुन नसक्दा गौतमविरुद्ध परेको रिटको सुनुवाइ दशैँपछि मात्र हुने भएको हो ।

हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास गठन हुन्छ । दसैं बिदा हुनुअघि शुक्रबार संवैधानिक इजालास गठन भए पनि दुई पक्षीय वकिलले बहस गर्न बाँकी भएकाले मुद्दाको टुंगो लाग्न सम्भव नभएको देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको