December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप २ हजार ६३८ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए १ हजार ४०३ सङ्क्रमित

  • 7
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको छ । आजको पीसीआर टेस्ट १३ हजार ९२७ रहेको छ । देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ६६६ रहेको छ ।

बुधबार कोरोनामुक्त भई २ हजार १७४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ८० हजार ९५४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।

यस्तै आज उपत्यकामा मात्र १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरिना देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको मन्त्रालयले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको