December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भारतका प्रधानसेनापति नरवाणे नेपाल आउँदै

  • 126
    Shares

काठमाडौं, भारतका प्रधानसेनापति एम. एस. नरवाणे नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । यसको मिति भने टुंगो नलागेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायरथी सन्तोषवल्लभ पौड्यालले भारतका सेनापति नरवाणेको भ्रमण प्रक्रियाको पुनः थालनी भएको बताएका छन् । उनले भने, मिति टुंगो लाग्न बाँकी छ ।

२० माघ २०७६ मा मन्त्रिपरिषद्को बैठकले जनरल नरवाणेलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय भएको थियो । नेपाली सेनाले त्यतिबेला प्रक्रिया बढाएकोमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । भ्रमण प्रक्रियालाई सेनाले पुनः थालनी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको