December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

कार्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्न सञ्चार मन्त्रालयको आग्रह

  • 1
    Share

काठमाडौं, आगामी कात्तिक ७ गतेसम्ममा नेपालमा प्रसारण हुने सबै विदेशी च्यानलमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै मर्म र भावना अनुरुप क्लिफिडसहितको च्यानल प्रसारण नभएमा कानून बमोजिम कारवाही हुने समेत बताएको छ ।

कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानूनी व्यवस्था छ ।

मन्त्रालयको सूचनामा भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएकोमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको