December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

रिएजेन्ट र किट सकिएपछि झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अबस्था

  • 1
    Share

प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै रोकिने अवस्थामा पुगेको झापाको मेची अस्पताल र कनकाई कोटिहोम अस्पतालले जनाएको छ ।

मेची अस्पतालमा भएको पीसीआर मेसिन स्विजरल्याण्ड सरकारबाट प्राप्त भएकाले अन्य मेसिनभन्दा फरक सोही कम्पनीको रिएजेन्ट र किट आवश्यक पर्ने प्राविधिकको भनाइ छ ।

दुई स्थानमा गरी दैनिक ४०० को हाराहारीमा पीसीआर परिक्षण हुँदैआएकोमा अस्पतालको आइसोलेशनमा रहेका र इमरजेन्सी विरामीको मात्र मुस्किलले १५–२० वटा मात्र पीसीआर परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पिताम्बर ठाकुरले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको