December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

काठमाडौंमा कोरोना जोखिम उच्च, यि १० स्थान सङ्क्रमणको रेड जोनमा

  • 20
    Shares

काठमाडौं, काठमाडौंमा कोरोना सङ्क्रमण तिव्र गतिले फैलिरहेको छ । यसै क्रममा काठमाडौंका १० स्थान सङ्क्रमित अधिक भएको अर्थात सङ्क्रमणको “रेड जोन”मा परेको सीसीएमसीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहातको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार तीन सयभन्दा माथि वडालाई “रेड जोन” मा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाडाैं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा नं. १३ कालिमाटी, वडा नं. ११ त्रिपुरेश्वर, वडा नं. ९ गौशाला, वडा नं. १० बानेश्वर र वडा नं. २६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।

अन्य स्थानीय तहको तुलनामा काठमाडौं महानगरभित्र कोरोना तीव्र रूपमा बढेको मन्त्रालयले जनाएको छ । हिजो मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ ।

जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ छन् ।

शीर्ष समाचार

धेरै पढिएको