November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित

  • 1
    Share

काठमाडौं, नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् ‘एचआरसी’ सदस्यमा पुनः निर्वाचित भएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो ।

नेपाल तीन वर्षे कार्यकाल सन् २०२१ देखि २०२३ सम्मका लागि पुनः नियुक्त संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जानकारी दिएको छ । गोप्य मतदानमा नेपालले १ सय ५० भोट पाएर एचआरसी सदस्य बनेको हो ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल पुनःनिर्वाचित हुनु राजनीतिक र मानव अधिकारमा नेपालले तय गरेको प्रगतिशील यात्रालाई अन्तराष्ट्रिय समुदायले स्वीकृति दिएको प्रतिक्रया दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको