December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

निःशुल्क वितरण गरिएको इन्टरनेटमा आजबाट शुल्क लाग्ने

  • 10
    Shares

काठमाडौं, भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगमा आजबाट शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्‍याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो ।

प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाहरु नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुलीका इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्‍याउने विभिन्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो ।

निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकामा मङ्गलबारदेखि उक्त सेवा सकिएको जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीका बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न सेवा प्रदायकलाई थप समय दिइएकामा उक्त समय मङ्गलबारदेखि सकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको