
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्र २०१ जना थपेको बताएका छन् ।
बुधबार २०१ जना नयाँ काेराेना भाइरस संक्रमित थपिएका छन् । जसमध्ये २२ जना महिला १७९ जना पुरुष रहेका छन् । हाल सम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेकाे छ । डिस्चार्ज हुनेमा २ सय ७८ जना छन् । महिला ५६ जना र पुरुष २ सय २२ रहेका छन् । हाल सम्म ९ जनाकाे निधन भएको छ ।





