December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

अब कोरोना भाइरसको परीक्षण एन्टिजोन विधिबाट पनि गर्ने

  • 4
    Shares

काठमाडौं, सरकारले अब कोरोना भाइरसको परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड-१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड-१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ । एन्टिजोन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ ।

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिपोर्ट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको