September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

आज काठमाडौं उपत्यकामा थपिए २ हजार १२९ संक्रमित

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो ।

आजको पीसीआर टेस्ट १५ हजार ५७७ रहेको छ । क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ७९५ पुगेको छ ।