September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि, २ हजार ६७५ जना डिस्चार्ज

काठमाडौं, मंगलवार थप हजार ३६४ जनामा कोरोना पुष्टि भएको छ । आजको पीसीआर टेस्ट १५ हजार ५७७ रहेको छ । क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ७९५ पुगेको छ ।

गत २४ घण्टामा कोरोना निको भई २ हजार ६७५ जना घर फर्केका छन् । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले बताएका छन ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । हाल संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १५ हजार ४८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको