April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

दशैँमा एयरलाइन्सलाई यात्रु पाउन कठिन

काठमाडौँ, अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।

काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो ।

अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो ९गाडी भाडा बराबर० हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् ।

बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताएका छन् । उनका अनुसार काठमाडौँबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यसपटक दशैँको एक/दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको