April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

महोत्तरीमा आठ सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

महोत्तरी, महोत्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

आज सङ्क्रमण पुष्टि भएका चारजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिएका छन् । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको