April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रतिबद्दता आवश्यक छ: प्रम ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ‍ओलीले प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रयास र प्रतिबद्दता आवश्यक रहेको बताएका छन् ।

विपद जोखिम न्युनीकरण सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमवाट सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राकृतिक कारणवाट हुने विपद नियन्त्रण गर्न नसकिने भए पनि मानव सृजित प्राकृतिक विपदको न्युनीकरण सम्वभ भएकोले यसमा विश्व समुदबिच सहयोग र सहकार्य आवश्क रहेको उनले बताएका हुन् ।

हिमाल र समुन्द्र नै प्रदूषणको चपेटामा परेको अहिलेको अवस्थामा प्रकृति संरक्षणमा विश्व समुदाय गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको उनले बताए ।

सुरक्षित विश्व, सुरक्षित धर्ती, सुरक्षित मानवजाती र न्यायपूर्ण सभ्य समाजको लागि सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले विद्यालय तहबाटै विपद न्युनीकरण र यसबाट जोखिने उपायहरु समावेश गरिने पनि उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको