
कर तिर्नुपर्ने ताकेताकाे भद्र अवज्ञा गर्न देउवाकाे अपिल नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने भद्र अवज्ञा गर्न आव्हान गरेका छन् । उनले लकडाउनको बखत सरकारले कर तिर्न गरेको ताकेताको विरोध गर्दै अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् ।
‘लकडाउन भएको अढाइ महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,’ देउवाले आज अपिलमार्फत भनेका छन, ‘त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन । सरकार असंवेदनशील भएको भन्दै आलोचना गर्दै गम्भीर बन्न आग्रह गरे ।
देउवाले तत्काल जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता फिर्ता गरेर समयावधि थप गर्न माग गरेका छन् ।देशभर आन्तरिक राजश्व कार्यालयले २५ जेठभित्र कर तिर्न सुचना जारी गरेपछि विरोध प्रदर्शन भइरहँदा देउवाको अपिल सार्वजनिक भएको छ ।






