December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट भारततर्फ बाक्लो आवतजावत

  • 8
    Shares
file photo

सर्लाही, मुख्य सिमानाका बन्द भए पनि सहायक बाटो र खेतबारीबाट सर्लाहीको सिमावर्ती क्षेत्रका नागरिक भारतीय बजारमा बाक्लो मात्रामा आवतजावत गर्ने गर्छन् ।

चाडपर्व नजिकिदै गएको र स्थानीय स्तरमा बजार नरहेकाले भारतीय बजार जाने गर्छन् । दैनिक उपभोग्य बस्तु सस्तो दाममा पाइने भएकाले मानिसहरूको ओहोरदोहोर बाक्लिएको हो ।

सर्लाही जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् । मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले सञ्चारमाध्यमलाई बताएका छन् ।

सीमावर्र्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उनको भनाइ छ ।

जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए ।

शीर्ष समाचार

धेरै पढिएको