December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सार्वजनिक यातायातका सबै सिटमा यात्रु राख्न दिने सरकारको निर्णय

  • 117
    Shares

काठमाडौं, सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलेको जस्तै पुरै  सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

दशैंको समयमा यात्रुको चाप बढी हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको