September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

बिरगंजमा नि:शुल्क आँखा शिविर सम्पन्न

बिरगंज, बिरगंजमा सोमबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । साहिब दरबार सेवा संस्थान र जसपा नेपालको पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखीको श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगमा संचालन भएको थियो ।

शिबिरमा ३३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ ।

मोतिया बिन्दु बिरामीहरूको यही कार्तिक १५ गते देखि नि:शुल्क अप्रेशन गरिने माट्रिका आई फाउन्डेसनका महेश सिंह धामिले बताउनुभयो ।

आखा शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी , राजेश मान सिंह ,जिल्लाका वरिष्ठ नेताहरू प्रेम बाबु पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम मियाँ, उमेशलाल सहनी, मुकेश द्धिवेदी, आमोल यादव, शशि पाण्डे, माट्रिका आई फाउन्डेसनका महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।

शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियतामा संचालन भएको थियो ।