December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

मोरङमा मेयरसहित कर्मचारीमा कोरोना देखिएपछि उर्लाबारी नगरपालिका बन्द

  • 4
    Shares

मोरङ, मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् ।

सेवा बन्द गरिएको बारेमा नगरपालिकाले सूचना जारी गरेको छ । मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको