September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

अन्तर्राष्ट्रिय सिमा नाका आवागमनमा लगाएको रोक आगामी कात्तिक मसान्तसम्म थप

काठमाडौँ, सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिएका छन् । उनका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ ।

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ ।