December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

कर्णाली प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी

  • 11
    Shares

सुर्खेत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद झनझन बढ्दै गएको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्षको विवाद बढ्दै गएको हो ।

शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजङ शाहलाई जिम्मेवारीबाट हटाएका छन् । मुख्यमन्त्रीले शाहबाट सन्तोषजनक काम नभएको भन्दै हटाएर प्रमुख सचेकको जिम्मेवारी सांसद सीता नेपालीलाई दिएका छन् । दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरी नेपालीलाई नियुक्त गरेका हुन् । हटाइएका शाह यामलाल निकट हुनुहन्छ भने जिम्मेवारी पाउनु भएको नेपाली मुख्यमन्त्री निकट छन् ।

अविश्वासको प्रास्ताव पेस हुनु पूर्व आफूलाई नहटाइएको र मुख्यमन्त्री दलको नेताबाट निलम्बन भइसकेकाले जिम्मेवारीबाट हटाउन नमिल्ने जिकिर शाहको छ । उनले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएको पनि जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको